Like us!
Follow us!
Connect us!
Watch us!

युवालाई उद्यमी र ठूला ठूला सपना देख्न प्रेरित गर्ने ‘शो’ “शार्क ट्यांक”

अर्थ संसार

शुक्रबार, १३ जेठ २०७९, १५ : ०० मा प्रकाशित

युवालाई उद्यमी र ठूला ठूला सपना देख्न प्रेरित गर्ने ‘शो’ “शार्क ट्यांक”

विश्व अहिले उद्यमशीलताको यात्रतर्फ लम्किरहेको छ। उद्यमशीलताको विकास सँगै विभिन्न उद्यमशीलता सम्बन्धी कार्यक्रम सञ्चालनमा आइरहेको पाइन्छ तर यी कार्यक्रमबीच पछिल्लो समय चर्चित कार्यक्रम को शार्क ट्यांक,जसले युवालाई उद्यमी र ठूला ठूला सपना देख्न प्रेरित गर्दछ। 

पछिल्लो समय रियालिटी शो शार्क ट्यांकको चर्चा विश्वमा मात्र नभई नेपालमा पनि उच्च देखियो। युवाहरुको जमघटका बीच हुने संवादको कुनै अंशमा शार्क टङ्क र उद्यमशीलताको कुरा जोडिइ हाल्यो यद्यपि त्यो समयमा नेपालमा यो शो सञ्चालनमा आइ सकेको थिएन, हाल भने हिमालय टेलिभिजनबाट छिट्टै प्रशारणको क्रममा छ। 

सन् २००९ मा सञ्चालनमा आएको  यस शो ले राम्रो अकर्षण पायो र छोटो समयमा नै निकै लोकप्रियता कमाउन सफल भयो। हाल विश्वका करीव ४० बढी देशमा सञ्चालनमा आएको छ र नेपालमा सञ्चालनको अधिकार कोरोना अवधि भन्दा अगाडि हिमालय टेलिभिजनले लिएको थियो तर कोभिडको असरका कारण सञ्चालनमा भने आउन सकेन। 

छिमेकी राष्ट्र भारतमा पहिलो सिजन सञ्चालनमा आउँदा यस्लाई अधिकांश युवा नेपालीहरुले मन पराएका थिए। विशेषतः यस शोमा उद्यमीहरु आफ्नो ब्यवसाय लिएर शार्क (सफल व्यवसायी जो लगानी गर्न बसिरहेका हुन्छन्।) समक्ष पिच गर्छन र मन लागेको उद्यमलाई उनीहरूले निश्चित इक्विटी लागि लगानी गर्ने गर्छन् ।

यो प्रक्रिया सुन्दा जति सामान्य लाग्छ हेर्दा एकदम रोचक हुन्छ। धेरै युवाहरू यस कार्यक्रमबाट प्रभावित भएका छन् र उद्यमको सपना देखिरहेका छन्। यस शो नेपालमा सञ्चालनको चरणमा रहेको छ र अहिले दर्ता प्रक्रिया चलिरहेको छ। १ वर्ष बढी अवधि सम्म सञ्चालनमा रहेका उद्यम तथा व्यवसायहरुले हिमाय टेलिभिजनको एप र वेबसाइट मार्फत आवेदन दिन सक्छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको