Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु सेलेक्ट फण्डको न्याभ घट्यो, सबैभन्दा बढी लगानी नेपाल एसबीआई बैंकमा

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १० : २४ मा प्रकाशित

प्रभु सेलेक्ट फण्डको न्याभ घट्यो, सबैभन्दा बढी लगानी नेपाल एसबीआई बैंकमा

प्रभु बैंक प्रवद्धक रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “प्रभु सेलेक्ट फण्ड” ले बैशाख मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तिय विवरण अनुसार फण्डले सबैभन्दा बढि लगानी नेपाल एसबिई बैंकमा गरेको छ फण्डसंग बैंकको ६ करोड ६३ लाख रुपैयाँ बजारबरको २ लाख ४ हजार कित्ता सेयर रहेको छ । 

बैशाख मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ १८ पैसामा सिमित रहेको छ । उक्त मूल्य पौष मसान्तको तुलनामा ५ पैसाले घटेको हो । पौष मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ २३ पैसा रहेको थियो ।

त्यसैगरी, बैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी ४५ करोड ५७ लाख रुपैयाँमा सिमित छ । उक्त लगानी चैत्र मसान्तको तुलनामा थोरै हो । चैत्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ४९ करोड २७ लाख रूपैयाँ लगानी गरेको थियो । त्यस्तै फण्डको मुद्दती निक्षेपमा १८ करोड ७५ लाख रुपैयाँ रहेको छ । 

फण्डले सार्वजनिक गरेको बैशाख मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारको छः
 

6292f9b1c183a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको