Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार कोरिया जानेको भाग्य खुल्दै,दश हजार बढी उत्र्तीण हुने

मंगलबार, १० साउन २०७४, १२ : १९ मा प्रकाशित

बुधबार कोरिया जानेको भाग्य खुल्दै,दश हजार बढी उत्र्तीण हुने

अर्थ संसार, काठमाडौँ– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा बुधबार प्रकाशित हुने भएको छ ।ईपीएस कोरिया शाखाका अनुसार बुधबार नतिजा सार्वजनिक हुने छ ।

सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको भएपनि केही प्राविधिक तयारी नपुगेका कारण रोकिदै आएको थियो ।  सो शाखाका प्रवक्ता शोभाकर भण्डारीले नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको बताए ।

केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएपछि पुनः वैकल्पिक उपाय मार्फत परीक्षा  लिइएको थियो । दुवै परीक्षाको नतिजा भोलि प्रकाशित हुनेछ ।

ईपीएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरिया सरकारको आधिकारिक वेबसाइटमा ईपीएसको नतिजा हेर्न सकिने छ ।

यो वर्ष झण्डै ६८ हजारभन्दा बढीले कोरियन भाषा परीक्षा दिएका छन् । परीक्षा आवेदन भने साढे ७५ हजारले भरेका थिए ।
त्यसमध्ये १० हजार २ सय जना परीक्षामा उत्र्तीण हुने गरी कोटा तय भएको छ । उत्पादनमुलुकतर्फ ४ हजार र ६ हजार २ सय कृषिमा उत्तीर्ण हुने गरी कोटा तय गरिएको छ ।

यो वर्षको कोटा अघिल्लो वर्षको भन्दा झण्डै तीन गुणा बढी हो । गत वर्ष ३५ सय युवा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका थिए ।

कोरियाले रोजगारीका लागि लिएका सबै परीक्षाका उत्तरपुस्तिका स्क्यानिङमार्फत विद्युतीय प्रणालीमा रुपान्तरण गरेर  कोरिया लाने गरेको छ । उसले मेसिनको प्रयोग गरेर ओसीआर प्रविधिबाट उत्तरपुस्तिका जाँच्ने गरेको छ ।

परीक्षामा उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन् भन्ने ग्यारेन्टी भने नहुने ईपीएस शाखाले जनाएको छ । पास भएकालाई रोष्टर लिष्टमा राखेर लेबर कन्ट्रयाक्ट दिने गरिएको छ । तर त्यो नै सबै आधार भने नभएको बताइन्छ ।

भोलि पास हुनेहरुलाई आगामी फागुनदेखि उत्तीर्ण कामदारको मेडिकललगायतका प्रक्रिया सुरु हुने छ  । कोरिया राम्रो आम्दानी हुने श्रम गन्तब्यका रुपमा परिचित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको