Like us!
Follow us!
Connect us!
Watch us!

ग्राउन्ड जिरो: सेवोन अध्यक्ष बजारलाई ठेल्न चाहाँने, गभर्नर पेल्न

अर्थ संसार

सोमबार, १६ जेठ २०७९, १२ : २८ मा प्रकाशित

ग्राउन्ड जिरो: सेवोन अध्यक्ष बजारलाई ठेल्न चाहाँने, गभर्नर पेल्न

सोमबार साताको पहिलो कारोबार दिन हामी काठमाण्डौको भीमसेनगोलामा रहेकाे ब्रोकर कार्यालय पुगेका थियौं । शुक्रबार दोहोरो अंकको गिरावटले बजार बन्द भएको थियो, सोमबार हामी ब्रोकर कार्यालय सम्म पुग्दा बजारमा करिब १८ अङ्कको गिरावट आई सकेको थियो। 

बिहीबार विभिन्न सञ्चार माध्यममा प्रकाशित धितोपत्र वोर्ड का अध्यक्ष रमेश हमालको अन्तरवार्ता हेरेका लगानीकर्ता बजार बारे सकारात्मक रहेको बताउँदै थिए तर अकस्मात शुक्रबार बिहान राष्ट्रबैंकले मौद्रिक नीतिको समिक्षाले आम लगानीकर्तालाइ तर्साएकाे उनिहरूकाे निष्कर्श थियो । ।

अहिले नियामकहरूका बीचमा देखिएको अन्तरद्वन्द्वलाइ केलाउँदै एक लगानीकर्ताले भने,“सेवोन अध्यक्षले बजारलाइ ठेल्ने र गभर्नरले पेल्ने रणानिती लिएकाे जस्ताे देखियाे यस्ताे अवस्थामा बजार कसरी सकारात्मक हुने”। अहिले नियामक निकायमा द्वन्द्व चलिरहँदा सेयरबजारमा हुनुपर्ने विकास हुन सकिरहेको छैन, बजार बढ्नका लागि लगानीकर्ताको मनोभावना महत्त्व पूर्ण हुन्छ। गभर्नरले सधै बजार घटाउने नीति ल्याउँछन्। स्वतन्त्र चल्नुपर्ने बजारलाई आफू अनुकूल चलाउन खोज्नूले पनि गभर्नरको  बदनियत प्रष्ट हुने उनले बताए। 

"गभर्नर, अर्थमन्त्रि सँगको राजनैतिक इगो शान्त गर्न मौद्रिक नीतिको साथ लिएका छन्। उनी आफ्नो इगो सान्त गर्ने मैदान आम लगानीकर्ताको मनोभावना र सेयरबजारलाइ बनाएका छन।" त्यसैमा अर्का एक लगानीकर्ताले थपे। गत महिना गभर्नरले सार्वजनिक रूपमा अब ब्याजदर बढ्छ सबै तयार रहनु भने तर बैंक तथा वित्तिय संस्थाहरूले ब्याजदर बढाएनन् उनकाे अभिव्यक्तिले लगानीकर्ताहरूलाइ प्यानिक मात्र बनायाे जसका कारणा बजारमा प्यानिक सेल पनि देखियाे उनकाे अभिव्यक्तिका कारण लगानीकर्ताले भोगेको क्षतिको क्षतिपूर्ति कसले दिन्छ उनले भने । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको