Like us!
Follow us!
Connect us!
Watch us!

‘यो समय बेच्ने भन्दा पनि होल्ड गर्ने र किन्ने समय हो’

अर्थ संसार

बुधबार, ०१ असार २०७९, १६ : २५ मा प्रकाशित

‘यो समय बेच्ने भन्दा पनि होल्ड गर्ने र किन्ने समय हो’

साताको सुरुवातदेखि नै निरन्तर रूपमा घटेको बाजार आज बुधबार २९.८९ अंकको गिरावटका साथ बन्द भएको छ । गत साता बुधबार बढेको सेयरबजार त्यसपश्चात भने निरन्तर रूपमा घटिरहेको छ। बजारमा देखिएको गिरावट सँगै लगानीकर्ताको मनोबल पनि खस्किएको देखिन्छ। 

आज हामी काठमाण्डौको अन्तिम समयमा अनामनगर स्थित ब्रोकर कार्यालय पुग्दा लगानीकर्ताको संख्या न्यून थियो। बजार घटेसँगै लगानीकर्ताको संख्या ब्रोकर कार्यालयमा न्यून देखिन्थ्यो। लगानीकर्ता यो समय बेच्ने भन्दा पनि होल्ड गर्ने र किन्ने समय भएको भन्दै एकापसमा कुराकानी गर्दै थिए। 

लगानीकर्ता बीचको कुराकानीमै एक लगानीकर्ता," APHC किनेको छु, बाजार घटेनी ढुक्क छु, बढ्न थालेपछि एकै पटक सर्किट हान्छ” उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको