Like us!
Follow us!
Connect us!
Watch us!

माओवादी समर्थित लगानीकर्ताको गुनासो : ‘अर्थमन्त्रीले हाम्रो कुरै सुनेनन्’

अर्थ संसार

बुधबार, १८ जेठ २०७९, १५ : ५० मा प्रकाशित

माओवादी समर्थित लगानीकर्ताको गुनासो : ‘अर्थमन्त्रीले हाम्रो कुरै सुनेनन्’

सरकारले बजेट जारी गरेसँगै यतिबेला संसददेखि सडकसम्म, महलदेखि चिया पसलसम्म नै बजेटको चर्चा परिचर्चा चलिरहेको छ । कतिपयले बजेटमा धेरै सकारात्मक र राम्रा कुराहरु आएको भएता पनि कार्यान्वयन हुनेमा भने त्यति आसावादी नरहेको बताइरहेका छन् । 

अहिले सरकारले ल्याएको बजेटमा सबैले आ-आफ्नो धारणहरु व्यक्त गरिरहेका छन् । सरकारले ल्याएको बजेटबाट सबैभन्दा खुसी नहुने मध्येमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरु समेत पर्दछन् । पछिल्लो समय अर्थमन्त्रीले आफू बजारप्रति सकारात्मक रहेको, बजारको विकास र स्थायित्वका लागि लाग्ने बताएकोले धेरै लगानीकर्ताहरुको अपेक्षा बजेट मार्फत बजारका लागि केहि ठोस कुराहरु आउला भन्ने थियो तर बजेटले लगानीकर्ताहरुको अपेक्षा पुरा गर्न सकेन जसका कारण केही हदसम्म बजार समेत प्रभावित हुन पुग्यो ।

अहिले अर्थमन्त्रीबाट सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरु असन्तुष्ट देखिन्छन् उनीहरुले आफ्नो असन्तुष्टि विभिन्न माध्यमहरु मार्फत व्यक्त गरिरहेको देखिन्छ । अर्थमन्त्रीबाट अहिले त पूँजी बजारमा लगानी गर्ने आफ्नै पार्टीका कार्यकर्ता समेत असन्तुष्ट देखिन्छन् । नाम उल्लेख नगर्ने सर्तमा माओवादी समर्थित एक लगानीकर्ता हामीसँग कुरा गर्न तयार हुँदै भने 'के गर्नु आफ्नो परिचय खुलायो भने पछि हामीलाई नै गाह्रो पर्छ राजनीति यही पार्टीमा गर्नुछ ।' 

उनले आफुसहितको पार्टी समर्थित लगानीकर्ताहरुको समूहले नै पटक-पटक भेटेर बजेटमा पूँजी बजारलाई समेट्न आग्रह गरेको भएता पनि उक्त कुराको सुनुवाई नभएकोमा दुखेसो व्यक्त गर्दै भने 'हामीले मन्त्रीज्यूलाई भेटेर पटक-पटक नै भनेका थियाैँ यसरी नियामक निकायहरुकै कारण बजार घट्दा हाम्रो पार्टीलाई पनि हानी भएको छ यसले निर्वाचनमा समेत राम्रो गर्दैन, बैंकलाई ब्रोकर लाइसेन्स दिने, पूँजीगत लाभकर घटाउने, ब्रोकर कमिसन घटाउने र सेयर कर्जामा लगाइएको सिमा लगायतका विषयहरु बजेट मार्फत नै केही सम्बोधन गरिदिनुहोला भनेर आग्रह गरेका थियाैँ उहाँले हामीसँग सकारात्मक कुरा समेत गर्नु भएको थिया तर बजेटमा केही आएन ।' 

'हामी पनि यही पार्टीमा वर्षौदेखि आवद्ध छौँ, यही पार्टीमा लगानी छ यसरी अर्थमन्त्रीले पार्टीका साथीहरुको जनताको कुरा नसुनी अगाडी बढ्नु भयो भने उहाँको भविष्य पनि त्यति राम्रो नहोला' उनले गुनासो गरे ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको