Like us!
Follow us!
Connect us!
Watch us!

जनताका सुझावका आधारमा पार्टी पुनः निर्माण गछौँ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

अर्थ संसार

सोमबार, २७ चैत्र २०७९, ०६ : ४६ मा प्रकाशित

जनताका सुझावका आधारमा पार्टी पुनः निर्माण गछौँ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

 नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘जनतासँग पार्टी अभियान’ मा प्राप्त सुझावका आधारमा पार्टीको पुनःनिर्माण गरिने बताएका छन् । 

पार्टीको गण्डकी प्रदेश समितिले आइतबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले पार्टीका सबै केन्द्रीय सदस्य तथा प्रदेश पार्टीलाई अभियानमा राम्रोसँग परिचालित हुन निर्देशन दिए । गाउँगाउँमा पुगेर जनता, सहिद परिवार तथा बेपत्ताका परिवारबाट सुझाव लिएर जस्ताको तस्तै ल्याउन र पार्टी केन्द्रमा बुझाउन आग्रह गरे । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, “हामीले दुई महिनाका लागि अहिले जनतासँग पार्टी अभियान चलाएका छौँ । सबै नेता कार्यकर्ता अभियानमा तलैसम्म खट्नुहोला र जनताबाट सुझाव लिनुहोला । सोही सुझावका आधारमा आगामी दिनमा पार्टी पुनःनिर्माण गर्नेछौँ ।”

उपाध्यक्ष श्रेष्ठले बृहत् समाजवादी मोर्चा गठनका लागि पहल भइरहेको जानकारी दिए । पार्टी एकताको सम्भावना भएका माओवादी घटक र अन्यसँग  एकता गर्दै जाने र तत्काल एकता सम्भव नभएका दलहरुका बीच समाजवादी मोर्चा बनाइने उनले बताए । गृहमन्त्री श्रेष्ठले जनतालाई विकास र सुशासनको अनुभूति दिने गरी सरकारले काम गरिरहेको बताए । सरकारका कामलाई जनतासम्म लैजान र जनताका विकासका आवश्यकतालाई सरकारसम्म ल्याउन पार्टीका नेता कार्यकतालाई उनले निर्देशन दिए । “जनतालाई राम्रोसँग सहज रुपमा सर्भिस डेलिभरी अहिलेको आवश्यकता हो । यसबाट मात्र जनतामा सरकारप्रति विश्वास पैदा हुन्छ”, श्रेष्ठले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको