Like us!
Follow us!
Connect us!
Watch us!

किन मिले रविन्द्र मिश्र र उज्जव थापा

बुधबार, ११ साउन २०७४, १२ : ५३ मा प्रकाशित

किन मिले रविन्द्र मिश्र  र उज्जव थापा

अर्थ संसार, काठमाडौँ- विवेकशील नेपाली दल र साझा पार्टी्बिच एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राख्ने सहमति भएको छ । विवेकशील नेपाली दल र साझा पार्टीबीच चुनाव चिन्ह तराजु राख्ने सहमति भएको दुवै पार्टीले जनाएका छन् ।

एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व हुनेछ । दुवैलाई सहसंयोजक पद दिइएको छ । ८ जनाको संयोजन समिति पनि बन्नेछ । पार्टीको केन्द्रीय समिति ५१ सदस्यीयसम्मको हुनेछ । अहिले दुवै पार्टीबाट १७र१७ जना छन् भने १७ जनालाई केन्द्रीय सदस्य मनोनित गर्ने सहमति भएको छ ।

दुवै पक्षबिच एक वर्षभित्र महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने समझदारी भएको नेताहरुले बताएका छन् । नयाँ ढंगबाट उत्तरदायी र जिम्मेवार राजनीतिको संस्कार बसाउने उदेश्यका साथ पार्टी एकीकरण हुन लागेको र त्यसमा चुस्त केन्द्रीय कमिटि बनाउने सहमति भएको साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको