Like us!
Follow us!
Connect us!
Watch us!

समाचार संकलनमा राष्ट्रपति कार्यालयको रोक, महासंघको कडा आपत्ति

बुधबार, ११ साउन २०७४, १३ : १८ मा प्रकाशित

समाचार संकलनमा राष्ट्रपति कार्यालयको रोक, महासंघको कडा आपत्ति

अर्थ संसार, काठमाडौँ– समाचार संकलनमा राष्ट्रपति कार्यालयले रोक लगाएको भन्दै नेपाल पत्रकार महासंघले आपत्रि जनाएको छ ।

महासंघका महासचिव उजिर मगरले आज एक विज्ञप्ति मार्फत पटक पटक राष्ट्रपति कार्यालयमा समाचार संकलनका लागि रोकिएको भन्दै आपत्ति जनाउका हुन् ।

महासचिव मगरको विज्ञप्तिमा भनिएको छ ‘विगत केही समयदेखि राष्ट्रपति भवनमा हुने सार्वजनिक कार्यक्रममा निजी क्षेत्रका सञ्चारमाध्यमप्रति अनुदार र विभेदपूर्ण व्यवहार भएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

केही दिनअघि प्रधान न्यायाधीशको शपथ कार्यक्रममा सरकारी मिडियालाई प्रवेश दिइए पनि स्वतन्त्र मिडियालाई प्रवेशमा रोक लगाइएको थियो भने आज मन्त्रिपरिषद्का सदस्यको शपथमा पनि निजी क्षेत्रका मिडियालाई प्रवेश नदिने जानकारी गराइएको छ ।

अन्य कतिपय कार्यक्रममा पनि यस्तै किसिमको विभेदपूर्ण व्यवहार भइरहेकोमा महासंघले आपत्ति जनाउने गरेको र त्यसलाई सच्याउने बचन दिने गरिएकोमा पुनः त्यस्तै खालको व्यवहार हुनु दुःखद् अवस्था हो ।’

स्थान अभाव वा व्यवस्थापन समस्या वा अन्य कुनै पनि बहाना देखाउने तर त्यसको विकल्प पनि नखोजी मिडियालाई नै निषेध गर्ने कार्य कुनै पनि अर्थमा तर्कसंगत हुन नसक्ने महासंघको भनाइ छ ।

 राज्यका जिम्मेवार निकायले सार्वजनिक सरोकारका महत्वपूर्ण कार्यक्रममा मिडियालाई पहुँच नदिने र स्वतन्त्र मिडियाप्रति विभेद गरिने कुरा प्रेस स्वतन्त्रतामाथिको संकुचन भएको महासंघको भनाइ छ ।

यस्तो कार्यले लोकतन्त्रले स्वतः अपेक्षा गर्ने खुला समाजको अवधारणामा समेत ठेस पुर्याउँने जनाइएको छ ।

  महासंघ सम्माननीय राष्ट्रपतिको कार्यालयबाटै भएका यस्ता कार्यप्रति तीब्र असन्तुष्टि जनाउँछ । आजैदेखि यसलाई सच्याउन र मन्त्रिपरिषद्का सदस्यहरूको सपथ कार्यक्रममा समेत सहज पहुँच दिने व्यवस्था मिलाउन राष्ट्रपति कार्यालयलाई आग्रह गर्दै महासंघ सम्माननीय राष्ट्रपतिज्यूबाट समेत यसमा विशेष चासो प्रकट हुने विश्वास व्यक्त गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको