Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका बिचमा मर्जरको अन्तिम तयारी

अर्थ संसार

शुक्रबार, २० जेठ २०७९, ०७ : १९ मा प्रकाशित

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका बिचमा मर्जरको अन्तिम तयारी

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका बिचमा मर्जरमा जाने सम्बन्धी सहमति अन्तिम चरण पूगको छ । दुई बैंकका बिचमा करिब एक सातामा सम्म छलफल सकारात्मक भइरहेको बताईएको छ ।

बैंकका एक सञ्चालकले भने 'करिब करिब सहमतिको नजिक पुगिसकेका छौ, बिचमा कुनै समस्या नआए एक साता भित्रमै हामि तपाईहरुलाई गुड न्यूज दिने छौ ।' अन्तिम सहमति भइसकेको हो त भन्ने हाम्रो प्रश्नमा उनले भने 'करिब करिब सबै बिषयमा सहमति जुतिसकेको छ अब त्यसलाई मुर्तरुप दिन मात्र बाँकि हो ।' 

बिगतमा नेपाल इन्भेष्टमेन्ट बैंकको हिमालयन बैंंकसंग मर्जर प्रक्रिया टुटेको थियो । इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बीचको २०७८ साल वैशाख ३० गते भएको मर्जर सम्झौता हिमालयन बैंकले अस्वीकृत गरेको थियो । हिमालयन बैंकको पुस ३० गतेको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेको थियो । 

हिमालयनसँग मर्जर टुटेपछि इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज हुने हल्ला लामै समय देखि चल्दै आएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको