Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता छन् देउवा सरकारका नयाँ मन्त्री

बुधबार, ११ साउन २०७४, १७ : ०६ मा प्रकाशित

यस्ता छन् देउवा सरकारका नयाँ मन्त्री

अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्रीमा निर्वाचित भएको करिब दुई महिना पछि शेरबहादुर देउवाले आज मन्त्री परिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेससहित चार दललाई समेटेर आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका हुन् ।

काँग्रेसका तीन गुटका मन्त्री

यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ । सरकारको प्रवक्ता समेत हुने सञ्चार मन्त्रालयमा मोहनबहादुर बस्नेत मन्त्री भएका छन् । उनी भ्रष्टाचारको आरोप लागेर छुटेका खुमबहादुर खड्काको कोटाबाट मन्त्री भएका हुन् ।

नेपाली कांग्रेसबाट मन्त्री हुनेहरुमा वीरबहादुर बलायर, अम्बिका बस्नेत, महेन्द्र यादव र मीन विश्वकर्मा छन् । चारै जना पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । बलायरले भौतिक पूर्वाधार, बस्नेतले सहकारी तथा गरीबी निवारण, यादवले खानेपानी र विश्वकर्माले वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट रामकृष्ण यादव, यज्ञबहादुर थापा, सञ्जय गौतम र राजन केसी मन्त्री भएका छन् ।

यादवले कृषि, थापाले कानुन, गौतमले सिचाई र केसीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  यस्तै पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको तर्फबाट भीमसेनदास प्रधान मन्त्री भएका छन् ।

यस्ता छन् माओवादीका मन्त्री

माओवादीले ऊर्जा मन्त्रीमा महेन्द्रबहादुर शाहीलाई ऊर्जा, गिरिराजमणि पोखरेल स्वास्थ्य, टेकबहादुर बस्नेत सामान्य प्रशासन, शिवकुमार मण्डल आपूर्ति, आशा कोइराला महिला बालबालिका तथा समाज कल्याण, सन्तकुमार चौधरी पशुपंक्षी मन्त्रालयको जिम्मा पाएका छन् ।

देउवा सरकारमा तीन महिला मन्त्री 

देउवा नेतृत्वको सरकारमा तीन जना महिलाले मात्रै बन्ने सौभाग्य पाएका छन् । त्यसमा अम्बिका बस्नेत सहकारी तथा गरिी निवारण, आशा कोइराला महिला बालबालिका तथा समाज कल्याण र नेकपा(संयुक्त)बाट  मिथिला चौधरी जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मा पाएका छन् ।

फोरमका दुई मन्त्री

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट दुई मनत्री थपिएका छन् । सो पार्टीका तफृबाट देउवा सरकारमा जितेन्द्रनारायण देव र गोपाल दहित मन्त्री भएका छन् । देव र दहित प्रचण्ड सरकारमा पनि मन्त्री थिए ।

फोरम लोकतान्त्रिकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि निरन्तरता दिने गरी मन्त्री बनाएको थियो । देवले नागरिक उड्डयन तथा पर्यटन र दहितले भूमिसुधार मन्त्रालय पाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको