Like us!
Follow us!
Connect us!
Watch us!

काण्डै काण्डको झुण्ड किसान लघुवित्तः संस्था नै डुब्ने गरी करोडौको घोटला, नियामक निकाय चुप !

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, ११ : ५० मा प्रकाशित

काण्डै काण्डको झुण्ड किसान लघुवित्तः संस्था नै डुब्ने गरी करोडौको घोटला, नियामक निकाय चुप !

किसान लघुवित्त वित्तिय संस्था लिमिटेड भित्र चरम अनियमितता भएको पाइएको छ । विगत देखि नै संस्थाको व्यबस्थापनमा सम्बद्ध उच्च तहका व्यक्तिहरुको संलग्नता मै सस्थाको हित विपरितको कार्यहरु भएको पाइएको हो । 

हामीलाई प्राप्त सूचनाका अनसार संस्था भित्र अनियमितताका विभिन्न काण्डहरु नै मच्चिएका छन् । संस्थाका उच्च तहका पदाधिकारीहरुकै प्रत्यक्ष संलग्नतामा संस्थालाई अहित हुने र केहि सिमित व्यक्तिहरुलाई मात्र हित हुने गरी विभिन्न कामहरु भएका छन् । 

काण्ड १ः

किसान लघुवित्त वित्तिय संस्थाले बि.स २०७५ फागुन १७ गते सञ्चालक समितीको कुनै पनि निर्णय बिना नै तत्कालिन कञ्चन विकास बैंकबाट ३९ करोड रुपैयाँ बराबरको कर्जा खरिद गरेको थियो उक्त कर्जामध्यमा अधिकांश कर्जा खराब कर्जा रहेको श्रोतको दावी छ ।

उक्त कर्जा खरिद प्रक्रियामा संस्थाका तत्कालिन अध्यक्ष प्रमोद उप्रेति र संस्थाकै तत्कालिन नायब प्रमुख कार्यकारी अधिकृत हालै मात्र प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएका इन्द्रकुमार शाहको मिलिमतो रहेको र उक्त कर्जा खरिदबाट संस्थालाई करिब ५ करोड रुपैयाँ क्षति भएको श्रोतले बतायो । 

उक्त कन्चन डेभलपमेन्ट बैंकबाट कर्जा खरिद गर्दा उल्लेख गरिएको सेवा शूल्कको रकम पनि संस्थाको खातामा नल्याई व्यक्तिगतरुपमा अपचलन गरेको आरोप छ । सम्पुर्ण कारोबार बैंकिङ प्रणालीमा गर्नुपर्नेमा अन्तरसंस्था कारोबार समेत नगदबाट गरेको श्रोतको दावी छ, यसरी अरुलाई बैकिङ कारोबार गर्न प्रात्साहन गर्नुपर्ने वित्तिय कम्पनीहरुले नै नगदमा कारोबार गरिनुलाई संयोग मात्र मान्न भने कदापी सकिदैन । 

संस्थाको यस्तो अनियमितताका बारेमा नियामक निकाय नेपाल राष्ट्र बैंकलाई पटक पटक जानकारी बनाउँदा समेत निष्पक्ष छानबिनमा राष्ट्र बैंक चुक्नुले पनि नियामक निकायकै संलग्नता भएको श्रोतको आशंका छ । ‘’

क्रमश...

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको