Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त मर्जरमा जान डाके एकैदिन साधारणसभा

अर्थ संसार

बुधबार, १६ फागुन २०८०, ०९ : २३ मा प्रकाशित

जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त मर्जरमा जान डाके एकैदिन साधारणसभा

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाले एकै दिन साधारणसभा बोलाएको छ। यी दुवै कम्पनीले एक आपसमा मर्ज हुने प्रस्ताव सहित साधारण सभा बोलाएका हुन्। 

यी दुबै कम्पनीले चैत ९ गते सभा बोलाएका हुन्।

जाल्पा लघुवित्तले आफ्नो पाँचौ वार्षिक साधारण सभा द एसआर होटल, तिलोत्तमा नगरपालिका १ ड्राइभरटोल, रुपन्देहीमा बिहान ९ बजे बोलाएको छ। 

उता,किसान लघुवित्तले पनि आफ्नो पाँचौ वार्षिक साधारण सभा ताज प्यालेस, स्पेशियल चोक, गल्फुटार, काठमाडौँमा बिहान ११ बजे डाकेको छ।

यो दुवै कम्पनीको सभाले एक आपसमा १ बराबर ०.८८३४ सेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछन। 

दुवैको साधारण सभामा भविष्यमा अन्य कुनै उपयुक्त लघुवित्तलाई मर्ज वा एक्वायर गर्ने सम्बन्धि आवश्यक कार्य गर्न प्रस्ताव रहेको छ। त्यस बाहेक प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा भएको मनोनयनलाई अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित पनि सभामा रहेका छन्। 

साधारण सभा प्रयोजनार्थ जाल्पा सामुदायिक लघुवित्तले फागुन २४ गते बुकक्लोज गर्ने भएको छ। उता, किसान लघुवित्तले  भने चैत १ गते बुकक्लोज गर्ने तय गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको