Like us!
Follow us!
Connect us!
Watch us!

किसान लघुवित्त काण्ड २ : श्रीमतीको संस्थामा लाखौँ कर्जा लगानी, गाडी बिक्रीमै लाखौँ अनियमितता !

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, १० : २० मा प्रकाशित

किसान लघुवित्त काण्ड २ : श्रीमतीको संस्थामा लाखौँ कर्जा लगानी, गाडी बिक्रीमै लाखौँ अनियमितता !

 

किसान लघुवित्त वित्तिय संस्था लिमिटेड भित्र चरम अनियमितता भएको पाइएको छ । विगत देखि नै संस्थाको व्यबस्थापनमा सम्बद्ध उच्च तहका व्यक्तिहरुको संलग्नता मै सस्थाको हित विपरितको कार्यहरु भएको पाइएको हो । 

हामीलाई प्राप्त सूचनाका अनसार संस्था भित्र अनियमितताका विभिन्न काण्डहरु नै मच्चिएका छन् । संस्थाका उच्च तहका पदाधिकारीहरुकै प्रत्यक्ष संलग्नतामा संस्थालाई अहित हुने र केहि सिमित व्यक्तिहरुलाई मात्र हित हुने गरी विभिन्न कामहरु भएका छन् । 

बाँकी...

काण्ड १ः

काण्डः २
संस्थाका तत्कालिन अध्यक्ष प्रमोद उप्रेतीले आफ्नी श्रीमती सरिता उप्रेती अध्यक्ष भएको संस्था ग्रामिन सेवा एनजिओमा फर्जि कर्जा प्रवाह गरेको पाइएको छ । 

अध्यक्ष उप्रतिले ग्रामिन सेवा मार्फत फर्जि कर्जाग्राही बनाई संस्थाको भजनि शाखा कैलालीबाट १८ लाख बजारबरको कर्जा प्रवाह गरेकोमा उक्त कर्जा प्रवाहका बारेमा संस्थाको आन्तरिक लेखा परिक्षकबाट पटक पटक जानकारी गराँउदा समेत तत्कालिन सञ्चालक समितिले वास्ता नगरेको श्रोतले बतायो । 

काण्ड ३ः 
व्यबस्थापनले संस्थाको गाडी जेनेरेटरजस्ता बस्तुहरुको बिक्रिमा समेत आफ्नो मान्छे खडा गरी अनियमितता गरेर संस्थालाई आर्थिक क्षति गरी व्यक्तिगत लाभ उठाएको पाइएको छ । 

संस्थाको बा २१ च ३६८१ नम्बरको बालेरो गाडी किताबी मूल्यभन्दा पनि कममा बेचेको पाइएको छ । श्रोतका अनुसार उक्त गाडी बिक्रिमा संस्थाका तत्कालिन प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाह र पुर्व अध्यक्ष सरिता उप्रेतीको समेत संलग्नता रहेको श्रोतको दाबी छ । उनिहरुको उक्त गाडी किताबी मूल्य भन्दा पनि २ लाख ६८ हजारर कम मूल्यमा बेचेका थिए ।

काण्ड ४ः 
संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत तथा अन्य उच्च तहका कर्मचारीहरुले बैंक तथा वित्तिय संस्था ऐन विपरितका कार्यहरु गरेको पाइएको छ । संस्थाका उच्च तहका कर्मचारीहरु आँफु पदमा रहँदै संस्थाको सेयर धितोमा राखेर कर्जा लिएको तथा शेयर दोस्रो बजारमा समेत किनबेच गरेको श्रोतको दावी छ । 

उनिहरुको यस्तो गैरकानुनी कारोबारको उजुरी राष्ट्र बैंकमा समेत गरिसकेको छ । अहिले राष्ट्र बैंकले उनिहरुको शेयर जफत गर्ने प्रक्रिया समेत अगाडी बढिसकेको श्रोतले जनाएको छ । 

त्यस्तै संस्थाका पुर्व प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले नक्कली व्यक्ति एबं व्यबसाय देखाई कर्जा दिएको र उक्त रकम आँफुले चलाई केहि बर्षमा उक्त व्यबसाय नरहेको फरार रहेको भन्दै कर्जा सुरक्षण निगममा दावी पेश गरी रकम माग गर्ने गरेको पनि श्रोतको दावी छ ।

संस्थाका यस्ता अनियमितता र हिनामिनाका कुराहरु लेखा परिक्षण प्रतिवेदनमा आएपछि सञ्चालक समितीले पुर्व प्रमुख कार्यकारी अधिकृत शाहलाई दुई पटकसम्म स्पष्टिकरण समेत सोधिसकेको छ । तर सिइओ शाहलाई जोगाउन र संस्थालाई भएको नोक्सानीको सोधभर्ना समेत आन्तरित श्रोतबाटै गर्नुपर्ने प्रस्ताव समेत सञ्चालक समीतिमा आएको बुझिएको छ ।

यो पनिः काण्डै काण्डको झुण्ड किसान लघुवित्तः संस्था नै डुब्ने गरी करोडौको घोटला, नियामक निकाय चुप !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको