Like us!
Follow us!
Connect us!
Watch us!

ठगी गर्ने व्यक्ति पक्राउ’

विहीबार, १२ साउन २०७४, २२ : १७ मा प्रकाशित

ठगी गर्ने व्यक्ति पक्राउ’

अर्थ संसार, काठमाडौँ–युरोपियन राष्ट्र पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा जिल्ला सुनछहारी गाउँपालिका घर भई हाल काठमाडौँ, गोंगबुस्थित ‘गामा ट्राभल्स एण्ड टुर्स’ सञ्चालन गरी बस्ने जय प्रकाश बुढा मगर रहेको छ ।

पोर्चुगल पठाइदिन्छु भनेर ठगी गरेको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाकाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

मासिक तलब रु ८० हजार दिइने भनेर विभिन्न प्रलोभनमा पारी एक व्यक्तिबाट रु १२ लाख लिई दुबइमा दुई महिना तीन दिनसम्म राखेर दुबइबाट इराक पठाएको र इराकको एयरपोर्टमा नक्कली प्रवेशाज्ञा भएको आरोपमा उनलाई पक्राउ गरी पुनः नेपाल फिर्ता पठाएको थियो ।

नेपाल फिर्ता आएपश्चात् अभियुक्त मगरले पुनःदक्षिण अफ्रिका पठाउँछु भनी विभिन्न बाहाना र आलटाल गरी ठगी गरेको भन्दै पीडितले महाशाखामा उजुरी गरेका थिए । उनलाई महाशाखाको टोलीले बुधबार नयाँ बसपार्कबाट पक्राउ गरी ठगी मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।

मगरले अन्य व्यक्तिलाई समेत ठगी गरेको हुनसक्ने अनुमान गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको