Like us!
Follow us!
Connect us!
Watch us!

१ वर्षमा पूँजी बजारबाट लगानीकर्ताको १९ खर्ब स्वाहा भयो : अम्बिका पौडेल

अर्थ संसार

मंगलबार, ३१ जेठ २०७९, १२ : २२ मा प्रकाशित

१ वर्षमा पूँजी बजारबाट लगानीकर्ताको १९ खर्ब स्वाहा भयो : अम्बिका पौडेल

नेपाल उद्योग वाणिज्य महासंघ पूँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले पूँजी बजारबाट एक वर्षमै लगानीकर्ताको १९ खर्ब रुपैयाँ स्वाहा भएको बताएका छन् । 

एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ताका क्रममा पौडलले एक वर्षमै लगानीकर्ताको १९ खर्बको सम्पती स्वाहा भएको बताएका छन् । 'एक वर्ष अगाडी ४४ खर्ब रहेको बजारको पूँजीकरण अहिले घटेर २९ खर्बमा पुगेको छ यो अवधिमा करिब ४ खर्ब बराबरको पूँजीकरण भएका कम्पनीहरु नेप्सेमा थपिएका छन् । यसरी हेर्दा यो एक वर्षका बजार पूँजीकरण १९ खर्बले घटेको छ यो सबै नियामकहरुको अस्थिर नीति कै कारण हो,' पौडेलले भने । 

व्यवसायीहरु कहिलै पनि सडकमा जानुपर्ने होइन तर नियामक निकाय र पूँजी बजारका अभिभावकहरुले नै लगानीकर्ताहरुको आवाज नसुनेपछि बाध्य भएर लगानीकर्ताहरु सडकमा आउनु परेको उनको तर्क छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको