Like us!
Follow us!
Connect us!
Watch us!

स-साना कुराले सबैको अनुहारमा खुशी आउँछ भने किन ढिला गर्ने ?

अर्थ संसार

सोमबार, ०८ फागुन २०७९, ०५ : ४५ मा प्रकाशित

स-साना कुराले सबैको अनुहारमा खुशी आउँछ भने किन ढिला गर्ने ?

नेपाल उद्योग वाणिज्य महासंघ पूँजी बजार फोरमका सभापति सम्बिका प्रसाद पौडेलले ऋणीको चरम निराशालाई मलम लगाउन सकिने ठाउँ हुँदा हुँदै पनि सम्बन्धित निकायले ध्यान दिन नसकेको बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका- "छन् हाल बैंक तथा वित्तिय संस्थाको डिपोजिटको औषत व्याज दर ८.५१ प्रतिशत र ऋणको औषत व्याज दर १२.७९ प्रतिशत रहेको छ । ऋणीको चरम निराशालाई मलम लगाउन सकिने ठाउँ हुँदा हुँदै किन सम्बन्धित निकायले ध्यान दिन नसकेको होला।"

"बचतकर्ताको थोरै आम्दानी घटाएर अनि बैंकिङ संस्थाले आसाढमा पुर्याउनु पर्ने स्प्रेडलाई अलि अघि नै पुर्याएको भए यो भुसको आगो केही मात्रामा भए पनि शान्त हुने थियो कि ? ससाना कुराले सबैको अनुहारमा खुशी आउँछ भने किन ढिला गर्ने ?" उनले लेखेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको