Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्न थप एक कम्पनीलाई नेपाल धितोपत्र बोर्डको अनुमति

अर्थ संसार

बुधबार, ०१ असार २०७९, ०६ : ४८ मा प्रकाशित

आईपीओ निष्कासन गर्न थप एक कम्पनीलाई नेपाल धितोपत्र बोर्डको अनुमति

रुसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानियहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानियका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६८ लाख ४२ हजार १ सय कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन पेश गरेको थियो । सेबोनको जेठ ३१ गते बसेको बैठकले अनुमति प्रदान गरेको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको