Like us!
Follow us!
Connect us!
Watch us!

सडकमै तिलक कोइरालाको आमरण अनसन सुरू : भन्छन्, 'बरू मर्छु तर पछि हट्दिँन'

अर्थ संसार

बुधबार, ०१ असार २०७९, ११ : ४९ मा प्रकाशित

सडकमै तिलक कोइरालाको आमरण अनसन सुरू : भन्छन्, 'बरू मर्छु तर पछि हट्दिँन'

नेपाल धितोपत्र बोर्डले ढाेका नखाेलेपछि सडकबाटै तिलक काेइरालाकाे आमरण अनसन सुरू भएकाे छ । पूँजी बजार विकास विस्तारका विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईराला आजदेखि आमरण अनसन सुरू गरेका हुन् । अनसनका लागि लगानीकर्ता सम्बद्ध सबै संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

यो आमरण अनसन सरकारले गर्छु भनेको कामहरू पुरा नगरेसम्म जारी रहने कोइरालाले बताएका छन् । यो आमरण अनसन ५२ लाख लगानीकर्ताहरूको साझा एजेन्डा र अन्तिम निर्णायक लडाईँ भएको उनले बताएका छन् ।

आफ्नो स्वास्थ्य अवस्था कमजोर रहेका कारण अनसन बस्दा बस्दै ढल्न पनि सक्ने बताउँदै उनले ५२ लाख लगानीकर्ताहरूका लागि आफू पछि नहट्ने बताए ।

 

 

62a9794acaa71.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको