Like us!
Follow us!
Connect us!
Watch us!

असार १३ गतेदेखि आईपिओ निष्काशन गर्दै रसुवागढी हाइड्रोपावर

अर्थ संसार

आइतबार, ०५ असार २०७९, ०८ : २८ मा प्रकाशित

असार १३ गतेदेखि आईपिओ निष्काशन गर्दै रसुवागढी हाइड्रोपावर

रसुवागढी हाइड्रोपावर लिमिटेडले असार १३ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६८ लाख ४२ हजार १०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं. २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरु वडा नं. ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुमा बाँडफाँट गरिनेछ। 

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ७०० कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असार २७ गते र ढिलोमा साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । 

लगानीकर्ताहरुले यस आईपीओमा विक्री प्रबन्धकसँगै सी– आस्वा सदस्य सेवा प्राप्त गरेका सम्पूर्ण बैँक तथा वित्तीय संस्था र तिनका शाखा  कार्यालयबाट आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको