रसुवागढी हाइड्रोपावर लिमिटेडले असार १३ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आइपिओ) आवेदन दिने समय दोस्रो पटक थप थप गरिएको छ ।
छिटोमा असार २७ गतेसम्म आवेदन दिन पाइने भनिएकोमा छिटो अवधिमा बिक्री नभएपछि पहिलोपटक म्याद थप गरी श्रावण १० गतेसम्म आवेदन दिन पाइने व्यबस्था गरिएको थियो । नेपाल धितोपत्र बोर्डले पूनः २१ दिनको समय थप गर्ने स्विकृत प्रदान गरेपनि अब स्थानियले साउन २१ गतेसम्म आवेदन दिन पाउने छन् ।
कम्पनीको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६८ लाख ४२ हजार १०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं। १ थुमन र वडा नं। २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं। ४ गोल्जुङ र वडा नं। ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरु वडा नं। ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुमा बाँडफाँट गरिनेछ।
आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ७०० कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असार २७ गते र ढिलोमा साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
लगानीकर्ताहरुले यस आईपीओमा विक्री प्रबन्धकसँगै सी– आस्वा सदस्य सेवा प्राप्त गरेका सम्पूर्ण बैँक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस