Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढी हाइड्रोपावरको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

अर्थ संसार

बुधबार, २९ भदौ २०७९, ०७ : ५९ मा प्रकाशित

रसुवागढी हाइड्रोपावरको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

रसुवागढी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि असार १३ गतेदेखि साउन ३१ गतेसम्म निष्काशन तथा बिक्रि खुल्ला गरेको गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । 

कम्पनीको आईपिओ बाँडफाँड बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यलयमा भदौ २८ गते मंगलबार सम्पन्न भएको हो । 

सेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट  www.siddarthacapital.com, सह-निष्कासन तथा बिक्री प्रबन्धकहरूको वेभसाइट www.niblcapital.com, www.globalimecapital.com र www.sunrisecapital.com.np अथवा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित website: iporesult.cdsc.com.np बाट बाट समेत हेर्न सकिने छ ।

कम्पनीको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६८ लाख ४२ हजार १०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं. २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरु वडा नं. ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुमा बाँडफाँट गरेको हो ।

कम्पनीले प्रकाशन गरेको सूचनाः

63213a505eab2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको