अब ललितपुर महानगरपालिकामा पानीपुरी बेच्न नपाइएने भएको छ । गर्मी मौसम सुरू भएसँगै पछिल्लो समय काठमाडौं उपत्यका लगायतका जिल्लामा हैजा, फुड प्वाइजनिंग, आउँलगायतका रोग फैलिएको छ ।
यसै क्रममा पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपट बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।
यतिबेला ललितपुरमा नगर प्रहरीले माइकिङ्ग गर्दै पानीपुरी नबेच्न आग्रह गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस