Like us!
Follow us!
Connect us!
Watch us!

वाल स्ट्रिटबाट हट्दै बियरिस् सेन्टिमेन्ट !

धिरज पौड्याल

आइतबार, १२ असार २०७९, १५ : ५२ मा प्रकाशित

वाल स्ट्रिटबाट हट्दै बियरिस् सेन्टिमेन्ट !

विश्व सेयर बजारकाे केन्द्र मानिने वाल स्ट्रिटमा बियरिस् बजारको सेन्टिमेन्ट हराउँदै गरेको विश्व आर्थिक समाचार ब्लूमबर्गले जनाएको छ।

अमेरिकी सेयर बजारमा थुप्रिएको सबैको पीडा आश्चर्यजनक ढंगमा अभावमा परेको छ ‘डर’।

बढ्दो ब्याजदरको कारण अर्थतन्त्र मन्दीमा जानेको की भन्ने चिन्ता वाल स्ट्रिट भरी रही रहँदा वैदेशिक मुद्रा र जंक बन्ड सबै कुरामा मूल्य वृद्धि देखिन सक्छ तर सेयर लगानीकर्ताको भावनाको डर नाप्ने भनिने CBOE भोलाटालिटी सूचकाङ्क विगतको बियर बजारमा देखिएको स्तरभन्दा निकै कम रहेको जनाएको छ। 

CBOE भोलाटालिटी इन्डेक्स S&P  500 index (SPX) इन्डेक्सको आधारमा रियल टाइम बजारमा लगानीकर्ताको अपेक्षाको आधारमा आगामी ३० दिनसम्म देखिन सक्ने उतार चढावलाई सम्बोधन गर्छ। अमेरिकी सेयर बजारका लगानीकर्ताले VIX इन्डेक्सले देखाउने जोखिम, डर र तनावको लेबलको आधारमा लगानीका निर्णय लिने गर्छन् । 

S&P 500 इन्डेक्स अमेरिकी सेयर बजारमा कारोबार हुने अग्रणी ५०० कम्पनीको परिसूचक हो । S&P 500 इन्डेक्स अमेरिकी सेयर बजारलाई मापन गर्ने उत्कृष्ठ आधार मानिन्छ ।

अहीले CBOE इन्डेक्स २७.२३ को अंकमा रहेको छ । CBOE इन्डेक्स मीटरले त्रासको वातावरणलाई जनाउँछ। यस इन्डेक्समा ४० को बिंदु पार गरेपछि उच्च त्रासको माहोल सृजना भएको मानिन्छ। यस अघि १९९८-२००२को आर्थिक संकट, २००८ को अर्थिक संकुचन साथै काभिड को समयमा देखिएको थियो, अहिले अन्तराष्ट्रिय रुपमानै आर्थिक संकट भनिरहँदा इण्डेक्सले त्रासको माहोल सृजना नभएको देखाएको छ। जब जब अर्थतन्त्रमा संकट देखिन्छ तब उक्त संकटको प्रतिबिम्ब यस चार्टमा देखिन्छ। 

पछिल्लो समयमा हेर्नेहो भने यो फियर चार्ट घटेको देखिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको