Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा बुलिस सेन्टिमेन्ट बन्दै गर्दा ब्रोकरहरूबाट किन आईरहेछ सेलिङ प्रेसर ?

अर्थ संसार

आइतबार, ०७ जेठ २०८०, १५ : ४९ मा प्रकाशित

बजारमा बुलिस सेन्टिमेन्ट बन्दै गर्दा ब्रोकरहरूबाट किन आईरहेछ सेलिङ प्रेसर ?

यतिबेला बजारमा बुलिस सेन्टिमेन्ट बनिरहेको छ । अग्रज लगानीकर्ताहरूदेखि अनुभवी विश्लेषकसम्म सबैले बजारमा अहिले सेयर किन्ने अवसर रहेको बताइहेका छन् । बजारको ओभरअल करेक्सन सक्किएर अब बजारले माथितिरको यात्रा तय गर्ने उनीहरूको विश्लेषण छ । अहिले केही दिनयता बजार पनि सुधारको क्रममा देखिन्छ ।

तर तथ्याङ्क हेर्ने हो भने बजारमा बुलिस सेन्टिमेन्ट बन्दै गर्दा पनि ब्रोकरबाट सेलिङ प्रेसर आईरहेको देख्न सकिन्छ । आज आइतबारकै कुरा गर्नुपर्दा आज धेरै कारोबार गर्ने १० वटा टप ब्रोकहरुमध्येमा ६ वटा ब्रोकरहरुको सेलिङ धेरै छ भने ४ वटा ब्रोकरको मात्रै खरिद बढी छ ।

ब्रोकरहरुबाट सेलिङ प्रेसर आउनुको एउटा कारण हो सेटलमेन्ट । अहिले धेरै लगानीकर्ताहरूले उधारो तिर्न र सेटलमेन्टका लागि सेयर बेचिरहेका छन् । अनि अर्को कारण हो नाफा बुकिङ । केही दिनयता बजार बढेको छ । तल्लो विन्दुमा सेयर किन्नेहरूले बजार बढ्दा सेयर बेचेर नाफा बुकिङ गर्दा पनि ब्रोकरहरुको बिक्री रकम धेरै देखिएको हो ।

साताकाे पहिलाे काराेबार दिन नेप्से परिसूचक ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकममा सुधार देखिएको छ । आज १ अर्ब ६० करोड ४ लाख ९२ हजार माथिको कारोबार भएको छ ।

आज आइतबार सबैभन्दा धेरै कारोबार ब्रोकर नम्बर ५८ अर्थात् नासा सेक्युरिटिजबाट भएको छ । यस ब्रोकरबाट ११ करोड २९ लाख बराबरको बिक्री हुँदा १० करोड ८१ लाख रूपैयाँ बराबरको सेयर खरिद भएको छ । धेरै कारोबार हुने ब्रोकरहरूको दोश्रो नम्बरमा ब्रोकर नम्बर ३४ अर्थात् भिजन सेक्युरिटिजबाट भएको छ ।   यस ब्रोकरको भने बिक्री रकम भन्दा खरिद रकम धेरै छ । आज यस ब्रोकरबाट ९ करोड ७९ लाख रूपैयाँ बराबरको सेयर खरिद हुँदा ६ करोड ५९ लाख रूपैयाँ बराबरको सेयर बिक्री भएको छ ।

टप १० ब्रोकरहरुको खरिद र बिक्री :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको