Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लार्ज क्याप फन्डकाे सेयर लगानी घट्याे, न्याभ कति ?

अर्थ संसार

मंगलबार, १४ असार २०७९, १३ : २४ मा प्रकाशित

सानिमा लार्ज क्याप फन्डकाे सेयर लगानी घट्याे, न्याभ कति ?

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फन्डले २०७९ साल जेठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

जेठ मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ८ रुपैयाँ ८८ पैसामा झरेकाे छ । उक्त मूल्य वैशाख मसान्तकाे तुलनामा ८६ पैसाले घटेकाे हाे । वैशाख मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य ९ रुपैयाँ ७४ पैसा रहेकाे थियो ।

त्यसैगरी, वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ५३ करोड ३३ लाख ५० हजार रूपैयाँमा सिमित भएकाे छ । उक्त लगानी वैशाख मसान्तकाे तुलनामा घटेकाे हाे । वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ६२ करोड ४९ लाख ६३ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, सानिमा लार्ज क्याप फन्डले विभिन्न प्रकारका ७४ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

फण्डले सार्वजनिक गरेकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

62bab14386a1b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको