Like us!
Follow us!
Connect us!
Watch us!

भरतपुर–१९ मा पुनः मतदान गर्न आदेश : सर्वाेच्चको साखमाथि नेतको प्रश्न

सोमबार, १६ साउन २०७४, ११ : १४ मा प्रकाशित

भरतपुर–१९ मा पुनः मतदान गर्न आदेश : सर्वाेच्चको साखमाथि नेतको प्रश्न


अर्थ संसार, काठमाडौं -सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा फेरि मतदान गर्ने फैसला गरेको छ । सर्वोच्चमा जारी मुद्दामा आइतबार सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले फेरि मतदान गर्नुपर्ने फैसला सुनाएका हुने ।

सर्वाेच्च अदालले गरेको फैसलाप्रति विभिन्न राजनीतिक दलले प्रश्न चिन्ह उठाएका छन् ।  सर्वाेच्चको फैसलालाई लिएर राजनीतिक दलले आफ्नो फेसबुक, ट्विटर मार्फत विरोध गरेका छन् ।

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो ट्विटरमा लेखेका छन् ‘चुनाव हार्ने भएपछि नियोजित ढंगले मतपत्र च्यात्नेलाई पुनर्मतदानको पुरस्कार मिल्ने हो भने कस्तो नजीर बस्ला ? अब जनताले नै फैसला गर्नुपर्ने भो !’ सर्वोच्चको यस्तो फैसलाप्रति भट्टराईले आफ्नो सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएको छन् । भट्टराईले सर्वाेच्चको विरोध समेत गरेकाछन्  । उनले सर्वाेच्चको भावि नजीर माथि प्रश्न चिन्ह खडा गरेका छन् ।

यता नेकपा एमाले नेता रविन्द्र अधिकारीले पनि आफ्नो ट्विटरमा लेखेका छन् ‘मतपत्र च्यातिनेकुरा सुनियोजित र प्रायोजित थियो,मतपत्र च्यात्ने उमेद्वारका वारेस थिए । अदालतको दुर्भाग्यपूर्ण फैसला । जनताको फैसला नै अन्तिम ।’

बाबुराम र रविन्द्र जस्तै गोविन्द अधिकारी पनि आफ्नो ट्विटरमा लेख्छन् ‘सर्वोच्च अदालतले पुनः मतदान गराउने निर्णयगरेर महागल्ती गरेकोछ ।यसको दूरगामी नकारात्मक प्रभाव पर्नेछ ।यस्तै निर्णयले हो अदालतको साख समाप्त हुने ।’

माथिका टिप्पणीहरु त एउटा उदाहारण मात्र हुन् । सर्वाेच्चको यो फैसलालाई लिएर सामाजिक सञ्जाल विरोध गर्नको संख्या ठूलै छ ।

 जेठ १४ गतेको घटना यस्तो थियो

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना भइरहेको बेला गत जेठ १४ गते मध्यराति माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि गणना रोकिएको थियो ।

मतपत्र च्यातेको अभियोगमा माओवादी कार्यकर्ता द्रोण शिवाकोटी र मधु न्यौपानेमाथि जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ । उनीहरुलाई मतगणनास्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । हाल उनीहरु धरौटीमा रिहा भएका थिए ।

२९ मध्ये २७ वडाको मतगणना सकिँदा मेयरमा एमाले उम्मेदवार देबी ज्ञवाली कांग्रेसको समर्थन पाएकी माओवादी उम्मेदवार रेणु दाहाल भन्दा ७८४ मतले अघि रहेका बेला मतपत्र च्यातिएको थियो । आयोगले गरेको अध्ययनमा ९० मत च्यातिएको भेटिएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको