Like us!
Follow us!
Connect us!
Watch us!

म्याग्दीको जिसस प्रमुखमा एमालेलाई चिठ्ठा

मंगलबार, १७ साउन २०७४, १४ : २१ मा प्रकाशित

म्याग्दीको  जिसस प्रमुखमा एमालेलाई चिठ्ठा

अर्थ संसार, काठमाडौं- म्याग्दी जिल्ला समन्वय समितिको निर्वाचनमा एमालेका उम्मेदवार देवेन्द्र केसी जिल्ला प्रमुखमा निर्विरोध निर्वाचित भएका छन् । 

कांग्रेस र एमालेबीच बराबरी मत भएपछि गोला तान्दा  केसी जिल्ला प्रमुखमा निर्विरोध निर्वाचित भएका हुन् ।

१२ जना मतदातामध्ये एमालेको पक्षमा ६ जना र कांग्रेसको पक्षमा ६ जना भएपछि कांग्रेस कार्यालयमा आपसी सहमतिमा गोला तानिएको हो ।

गोला तान्दा प्रमुख पाउने पक्षले ४ सदस्य र अर्को पक्षले उपप्रमुख सहित ५ सदस्य पाउने सहमति भएको थियो ।

कांग्रेस र एमालेबीच सहमति अनुसार गोलाप्रथाबाट प्रमुख एमालेले पाएपछि उपप्रमुख कांग्रेसले पाएको छ । उपप्रमुख कांग्रेसका लोकबहादुर मल्ल बनेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको