नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ढिलो वा चाँडो,एउटा वा अर्को रुपमा नेपाल श्रीलंकाकै अवस्थामा पुग्ने दाबी गरेका छन्।हाल नेपालको अवस्थामा श्रीलंका जस्तो अवस्थमा नभए पनि स्वार्थी राजनीतिको बोलवाला, कूशासन, भ्रष्टाचार,अपारदर्शिता,आसेपासे एवं दलालिकृत सत्ता,समस्या समाधान प्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलोचाँडो श्रीलंकाकै बाटोमा पुर्याउने उनले बताए।
उनले सामाजिक सञ्जाल मार्फत यस्तो विचार राखेका हुन्
"हामी अहिल नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं।यो सहि नै हो।तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा,बिचार -सिध्दान्त एवं मुल्यविहीन भ्रष्ट- स्वार्थी राजनीतिको बोलवाला, कुशासन ,भ्रष्टाचार, अपारदर्शिता,आसेपासे एवं दलालिकृत सत्ता,समस्या समाधान प्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो,एउटा वा अर्को रुपमा पुर्याउने त्यतै हो ।सचेत होऔं र समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामुहिक एवं संगठित प्रयत्न गरौं ।"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस