नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई बल पुर्याउनेहरुलाई परास्त गर्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र अबको कार्यभार विषयक विचार गोष्ठीमा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् ।
यथास्थितिवाद सत्ताभोग, भ्रष्टाचार र निरंकुशताको मुख्य पक्ष बनेको उनले बताए । श्रेष्ठले सरकार यथास्थितिवादको मुख्य बाहकको रुपमा रहेकाले त्यसकाविरुद्ध पनि संघर्ष गरेर मात्रै प्रतिगमनविरुद्धको लडाईलाई सफल पार्न सकिने तर्क गरे ।
त्यस्तै उहाले कम्युनिष्ट पार्टीहरुसँग एकता र ध्रुवीकरण प्रक्रियाअघि बढाउँदै वामपन्थी पार्टीहरुको वामपन्थीकरणका लागि प्रयत्न गर्नुपर्ने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस