Like us!
Follow us!
Connect us!
Watch us!

उपराष्ट्रपतिको नाम लिएर भारतमा ठगी

बुधबार, १८ साउन २०७४, १३ : ४९ मा प्रकाशित

उपराष्ट्रपतिको नाम लिएर भारतमा ठगी

अर्थ संसार, काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनको नाम बेचेर एक ठगले भारतीय प्रहरीलाई झुक्याउन सफल भएका छन् ।

अपराधीको सूचीमा रहेका एक व्यक्तिले आफू उपराष्ट्रपति पुनको राजनीतिक र सांस्कृतिक सल्लाहकार भएको झुठो दाबी गर्दै जयपुरको शिकरमा राज्यको पाहुनाको रुपमा मेजमानी समेत लिएको र ठगी गरेको पाइएको हो ।

ती ठगले राजस्थान प्रहरीलाई समेत झुक्याउन सफल भएको प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार प्रहरीले यसरी ठगी गर्ने महाविर प्रसाद तोर्दीविरुद्ध कोतवाली प्रहरी थानामा उजुरी समेत दर्ता गरेको छ ।

‘तोर्दीले इमेलबाट हामीलाई उनी नेपालको उपराष्ट्रपतिको राजनीतिक र सांस्कृतिक सल्लाहकार भएको र राज्यको पाहुना भएको बताएका भारतीय प्रहरीले जनाएको छ ।

जिएडीका डेप्युटी चिफ प्रोटोकल अफिसर राजिव जैनले भने, ‘हामीले टोर्डीका लागि राज्यको पाहुनाको रुपमा कुनै पनि निर्देशन जारी गरेका छैनौँ ।’

यता, जयपुरकै कर्नी विहार प्रहरी स्टेसनले तोर्दीको नाम अपराधीको सूचीमा पनि रहेको पुष्टि गरेको छ । ‘उनीमाथि कर्नी विहार प्रहरी स्टेसनमा बलात्कार, दाइजो लिएको र हत्याको प्रयास गरेको मुद्दा दर्ता छ,’ स्टेसन हाउस अफिसर श्रीराम चौधरीले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको