Like us!
Follow us!
Connect us!
Watch us!

तराईमा हेडक्वाटर राख्ने होड, काँग्रेसलाई पहिलो हुन नदिने दाऊमा एमाले

बुधबार, १८ साउन २०७४, १३ : ५३ मा प्रकाशित

तराईमा हेडक्वाटर राख्ने होड, काँग्रेसलाई पहिलो हुन नदिने दाऊमा एमाले

अर्थ संसार, काठमाडौँ– प्रदेश नं २ को स्थानीय तहको निर्वाचनलाई लिएर प्रमुख राजनीतिक दलले तराईमा नै हेडक्वाटर राख्ने निर्णय गरेका छन् ।

सरकारको नेतृत्वमा रहेको नेपाली काँग्रेसले जनकपुरलाई केन्द्रमा राखेर निर्वाचन गतिविधि अगाडि बढाएको छ । त्यसको नेतृत्व काँग्रेस नेता विमलेन्द्र निधिले गरेका छन् ।

यस्तै सरकारको अर्को दल नेकपा(माओवादी केन्द्र)ले पनि अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नेताहरु नारयाणकाजी श्रेष्ठ, रामबहादुर थापा, मातृका यादवलगायतका नेता परिचालित हुने निर्णय गरेको छ ।

पार्टी हेडक्वाटर नै तराईमा राखेर निर्वाचन अभियान सञ्चालन गर्ने योजनामा माओवादी रहेको छ ।
यस्तै प्रमुख विपक्ष िदल नेकपा(एमाले)ले पनि तयार्रलाई आफ्नो जीवन मरणको लडाईका रुपमा लिदै काँग्रेसलाई पहिलो दल हुन नदिने रणनीतकिा साथ परिचालित भएको छ ।

यस्तै राप्रपाका अध्यक्ष कमल थापा पनि तराईमा नै अड्डा जमाएर बसेका छन् । मधेसको प्रमुख राजनीतिक शक्ति भएको दावी गर्ने संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीले पनि तराईमा नै आफूहरुको प्रभावकारी उपस्थिती जरुरी रहेको भन्दै निर्वाचन अभियान सञ्चालन गर्ने जनाएको छ ।

आगामी असोज २ गते प्रदेश नं २ को १२७ स्थानमा स्थानीय तहको निर्वाचन हुने कार्यतालिका रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको