Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक वर्ष २०७८/७९ : सबैभन्दा बढी घट्याे बीमा समूह, अन्य समूहकाे अवस्था कस्ताे ?

धिरज पौड्याल

शुक्रबार, ३१ असार २०७९, १६ : ४३ मा प्रकाशित

आर्थिक वर्ष २०७८/७९ : सबैभन्दा बढी घट्याे बीमा समूह, अन्य समूहकाे अवस्था कस्ताे ?

सेयर बजारको लागि आर्थिक वर्ष २०७८/७९ राम्रो देखियो । आर्थिक वर्षमा बजारमा नयाँ लगानीकर्ताहरुको संख्या थपिए । डिम्याट खोल्ने लगानीकर्ताको संख्या ५० लाख नाघ्याे । आर्थिक वर्षको सुरुवातका केही महिनामा बजार निकै राम्रोसँग बढ्यो । बजारले नयाँ नयाँ रेकर्ड कायम पनि गर्याे । तर आर्थिक वर्षको अन्त्यसम्ममा आइपुग्दा भने ८७३ अंकको गिरावट आएको छ। 

गत आर्थिक वर्ष २०७७/७८ को अन्तिम काराेबार दिन २०७८ साल आषाढ ३१ गते नेप्से परिसूचक २८८३.३८ मा थियाे । चालु आर्थिक वर्षको पहिलो कारोबार २०७८ साल श्रावण ३ गते तदनुसार जुलाई १८ आईतबार नेप्से परिसूचक ९७.२३ अंकले बढेर २९८० विन्दुमा पुगेको थियो। 

यस आर्थिक वर्षको सुरुवात र अन्त्यसम्ममा सबै उपसमूहहरुमा गिरावट देखिएको छ। सबैभन्दा बढी बीमा समूह प्रभावित देखिएको छ। 

बैंकिङ उपसमूहमा ६०० अंकको गिरावट देखिएको छ । विकास बैंक उपसमूह १११२.९४, फाइनान्स ९१५.२०, होटेल तथा पर्यटन ९०२.६२, हाइड्रोपावर ५४८.९०, लगानी ४१.७३, लाइफ इन्स्योरेन्स ७३२९.३४, उत्पादन तथा प्रशोधन ९९६.६२, माइक्रोफाइनान्स ८७०.८१, सामूहिक लगानी कोष ०.७४, निर्जीवन बीमा कम्पनी ६०२९.७९, अन्य ६६६.५५ र ट्रेडिङ १६९८.२५ अंकको गिरावट आएको छ। 

यस आर्थिक वर्षको कारोबारको पहिलो दिन सबै इन्डेक्सहरु बढेका थिए । चालु आर्थिक वर्षको अन्तिम काराेबार दिन आज भने कूल १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर बढेकाे छ र बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

चालु आर्थिक वर्षकाे अन्तिम काराेबार दिनहरूमा नेप्सेमा आएकाे राैनकता हेर्दा आगामी आर्थिक वर्ष सेयर बजारका लागि सुखद रहने लगानीकर्ताहरूकाे प्रक्षेपण छ ।

तस्विरमा हेर्नुहाेस् चालु आर्थिक वर्षमा कुन समूह कतिले घटे ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको