Like us!
Follow us!
Connect us!
Watch us!

आदर्श लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

सोमबार, ०२ साउन २०७९, १४ : ४८ मा प्रकाशित

आदर्श लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।

स्टकका अनुसार संस्थाकाे २ लाख ७ हजार कित्ता साधारण सेयर (आईपीओ) आज नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम एक सय २२ रूपैयाँ ८८ पैसादेखि अधिकतम ३ सय ६८ रुपैयाँ ६४ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि ADLB सिम्बाेल प्राप्त गरेकाे छ । 

आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले असार १ गतेदेखि असार ५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड असार १३ गते, साेमबार सम्पन्न भएकाे थियाे । संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

गाेलाप्रथाद्वारा वितरण गर्दा कुल ६ हजार २ सय ६१ जना लगानीकर्ताहरुले मात्रै सेयर प्राप्त गरेका थिए । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकी लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर प्राप्त गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको