Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा जलविद्युतले डाक्यो साधारण सभा, आईपीओ निष्कासन गर्ने प्रस्ताव

अर्थ संसार

मंगलबार, ०३ साउन २०७९, १० : १३ मा प्रकाशित

सगरमाथा जलविद्युतले डाक्यो साधारण सभा, आईपीओ निष्कासन गर्ने प्रस्ताव

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको श्रावण २ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको दोश्रो वार्षिक साधारण सभा श्रावण २५ गते, बुधबार, कम्पनीको केन्द्रिय कार्यालय, अनामनगर, काठमाडौँमा बिहान ९:३० बजेबाट सुरू हुनेछ । 

सभामा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संसोधन गर्ने, प्रस्तावित संसोधन तथा धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्ता पुजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

यसका साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने, सञ्चालक समिति सदस्यहरुको नियुक्ती अनुमोदन गर्ने, सञ्चालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

62d634dba5d40.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको