Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बि रेटिङ्ग

अर्थ संसार

विहीबार, ०५ साउन २०७९, १२ : २८ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बि रेटिङ्ग

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ ।

कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्युनीकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गर्छ । आगामी दिनहरुमा पनि कम्पनीले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने कुरामा कम्पनी अझै प्रतिवद्ध रहेको जनाएको छ ।

कम्पनीले १४० वटा शाखा कार्यिलयबाट बिमितहरुलाई सेवा प्रदान गर्दै आईरहेकोे छ । साथै कम्पनीमा २७ हजार भन्दा धेरै अभिकर्ताहरु आवद्ध रहेका छन् । कम्पनीले नविनतम सेवा उपलब्ध गराउँदै जाने क्रममा कम्पनीको Website / Mobile Apps मा राखिएको Chatbot मार्फत बीमित तथा अभिकर्ताहरुका लागि उपयोगी हुने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको छ ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा ग्लोबल आइएमई बैक, आइएमई ग्रुप लगायत ठूला प्रतिष्ठीत व्यवसायिक समुहहरुको लगानी रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको