Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफमा आबद्धले मेडिटेक इन्टरनेसनल हस्पिटलमा २५% सम्म छुट पाउने

अर्थ संसार

बुधबार, २८ जेठ २०८२, ११ : २३ मा प्रकाशित

आइएमई लाइफमा आबद्धले मेडिटेक इन्टरनेसनल हस्पिटलमा २५% सम्म छुट पाउने

अब आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीहरूले बुटवलस्थित मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचार सेवा लिँदा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

उक्त छुट सुविधा प्राप्त गर्न बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाउनुपर्नेछ। अभिकर्ता तथा कर्मचारीहरूले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र प्रस्तुत गरेर छुटको लाभ लिन सक्नेछन्।कम्पनी र अस्पतालबीच भएको यो सहकार्यले एकातर्फ व्यावसायिक सम्बन्धलाई मजबुत बनाउनेछ भने अर्कोतर्फ बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र हौसला प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको