Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफको पहिलो त्रैमास - १५ करोड ८३ लाख रुपैयाँ नाफा, अन्य सूचकको अवस्था कस्तो ?

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०८२, १० : २६ मा प्रकाशित

आइएमई लाइफको पहिलो त्रैमास - १५ करोड ८३ लाख रुपैयाँ नाफा, अन्य सूचकको अवस्था कस्तो ?

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार कम्पनीले यस अवधिमा खुद नाफा बढाएको  छ ।

खुद नाफा

चालू आर्थिक वर्षको तीन महीनाको अवधिमै १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। गत आवको शुरूको तीन महीनामा कम्पनीले कमाएको खुद नाफा १४ करोड ५० लाख रुपैयाँको तुलनामा यस वर्ष कम्पनीले ९.१७ प्रतिशत खुद नाफा बढाउन सफल भएको हो।

खुद बीमाशुशुल्क/कुल आम्दानी

समीक्षा अवधिमा नाफासँगै कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १ अर्ब १६ करोड ४२ लाख रुपैयाँबाट ३१.९६ प्रतिशतको वृद्धि सहित १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको देखिएको छ। त्यसैगरी सोही अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ५८ करोड १ लाख रुपैयाँबाट २५.३३ प्रतिशतले बढेर १ अर्ब ९८ करोड ३ लाख रुपैयाँ पुगेको छ।

कुल खर्च/जीवन बीमाकोष

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको कुल खर्च पनि १ अर्ब ४३ करोड ५१ लाख रुपैयाँबाट २६.९६ प्रतिशतले बढेर १ अर्ब ८२ करोड २० लाख रुपैयाँ पुगेको छ। कम्पनीको जीवन बीमाकोषको आकार  गत वर्षको असोज मसान्तसम्म १० अर्ब ७ करोड ४२ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा ४०.८२ प्रतिशतले बढेर १४ अर्ब १८ करोड ६२ लाख रुपैयाँ कायम भएको छ।

प्रति सेयरआम्दानी/प्रतिसेयर नेटवर्थ

यो अवधिमा  कम्पनीको प्रति सेयरआम्दानी ११.६० रुपैयाँबाट बढेर १२.६७ रुपैयाँ कायम भएको छ।कम्पनीको प्रतिसेयर नेटवर्थ १३७.४१ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी/महाविपत्ति कोष/जगेडा कोष

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा २७ करोड ८६ लाख रुपैयाँ र जगेडा कोषमा ८६ करोड २६ लाख रुपैयाँ सञ्चिति रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको