Like us!
Follow us!
Connect us!
Watch us!

सनराईज बैंकको नाफा ४८ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, ०८ साउन २०७९, ०६ : ०० मा प्रकाशित

सनराईज बैंकको नाफा ४८ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

सनराईज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफा उल्लेख्य बढेको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब १५ करोड ९ लाख  रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४८.६९ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ४४ करोड ६५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि २९.९७ प्रतिशतले बढेर ४ अर्ब ५८ करोड २ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ३ अर्ब ५२ करोड ४० लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि १९.९० प्रतिशतले बढेर २ अर्ब १५ करोड ९ लाख ४४ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब ४४ करोड ६५ लाख ५० हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ र जगेडा कोषमा ६ अर्ब ६० करोड ६४ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ २५ पैसाबाट बढेर २१ रूपैयाँ २६ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २९ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको