Like us!
Follow us!
Connect us!
Watch us!

५१ प्रतिशतले बढ्यो प्रभु बैंकको मुनाफा, वितरणयोग्य नाफा कति ?

अर्थ संसार

आइतबार, ०८ साउन २०७९, ०६ : ०९ मा प्रकाशित

५१ प्रतिशतले बढ्यो प्रभु बैंकको मुनाफा, वितरणयोग्य नाफा कति ?

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफा उल्लेख्य बढेको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५१.११ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ४८ करोड २४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि २३.०३ प्रतिशतले बढेर ६ अर्ब १८ करोड २ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ५ अर्ब २ करोड ३३ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ४७.७५ प्रतिशतले बढेर ३ अर्ब ८४ करोड ६२ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब ६० करोड ३२ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ र जगेडा कोषमा ७ अर्ब १३ करोड ७१ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ १७ पैसाबाट बढेर २० रूपैयाँ ४६ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ १७ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको