Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, ०७ : ३९ मा प्रकाशित

प्रभु बैंकको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

प्रभु बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।

बैंकले पुस १४ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट पारित भएको ६.५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा भएको जनाएको छ । मंशिर २९ गतेसम्म डिम्याट खाता अभौतिकिकरण गराएका सेयरधनीहरुको खातामा बोनस पठाइसकेको र सो मिति पश्चात अभौतिकिरण गराएका सेयरधनीहरुको हकमा क्रमश जम्मा गरिने कम्पनीले जनाएको छ ।

भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकीकरण गराएपश्चात् स्वतः हितग्राही खातामा बोनस सेयर जम्मा हुने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको