Like us!
Follow us!
Connect us!
Watch us!

सन् २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक मनाइने

अर्थ संसार

आइतबार, ०८ साउन २०७९, १४ : २८ मा प्रकाशित

सन् २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक मनाइने

सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरेकाे छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेकाे हो । 

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गरेका ‘रिकोभरी प्लान’ अनुसार  मन्त्रालयले यस्तो कार्ययोजना सार्वजनिक गरेको हो ।कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषणा गरेको ७३ बुँदे कार्ययोजनाले कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने काम गर्ने दाबी गरेका छन् । 

सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने बताउँदै उनले वर्तमान सरकारले एक दशकलाई नै नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिने बताए । मन्त्री श्रेष्ठले नेपाल भ्रमण दशक घोषणा मन्त्रालयको मात्रै नभएर सरकारको कार्ययोजना भएको बताएका छन् । 

अबकाे तीन महिनाभित्र सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशक घोषणा गरिसक्ने गरी तयारी भएको मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले बताएका छन् । त्यस्तै, नेपालमा विदेशी चलचित्र छायाङ्कनको लागि विदेशी चलचित्र निर्माता र कलाकारहरुलाई आकर्षण गर्ने विभिन्न सहुलियतहरुको व्यवस्था गरिने उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको