Like us!
Follow us!
Connect us!
Watch us!

नट्सको लगइन र युजर आईडी लिन सूचीकृत कम्पनीलाई नेप्सेकाे आग्रह

नेप्से

आइतबार, ०८ साउन २०७९, १५ : ४३ मा प्रकाशित

नट्सको लगइन र युजर आईडी लिन सूचीकृत कम्पनीलाई नेप्सेकाे आग्रह

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई नट्सको लगइन र युजर आईडी लिन आग्रह गरेकाे छ । 

नेप्सेको पुरानो वेबसाइट मर्मत कार्य गर्नुपर्ने भएको र नयाँ वेबसाइट सञ्चालनमा आइसकेको हुनाले सो साइटमा नेप्सेमा सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु (Corporate Actions & Reports Documents Upload) गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको "NOTS" को Login ID User ID लिनको लागि कम्पनीको Internet को Public IP Address र आधिकारिक Email Address उल्लेख गरेको कम्पनीको पत्रसहित नेप्सेको सूचीकरण शाखामा १० (दश) दिन भित्र सम्पर्क गर्न आग्रह गरिएकाे छ । 

त्यसैगरी, यस भन्दा अघि NOTS को Login ID/User ID लिन नेप्सेमा पत्र पठाएका कम्पनीहरुलाई उक्त पत्रमा उल्लेख भएको Email Address मा NOTS को Login ID/User ID सूचीकरण शाखाले पठाउने समेत सूचनामा उल्लेख गरिएकाे छ । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62dd197e2ee66.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको