राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई विद्यार्थीहरुलाई एसईई २०७८/७९ को नतिजा हेर्नको लागि SMS सेवा उपलब्ध गराउन स्प्यारो एसएमएससँग सम्झौता गरेको छ । एसईई दिएका विद्यार्थीले SMS मार्फत एसईईको नतिजा हेर्न सक्नेछन् ।
स्प्यारो एसएमएस आधिकारिक SMS सेवा प्रदायक हो र एक दशकदेखि प्रत्येक वर्ष एसईईको नतिजा प्रकाशित गर्दै आएको छ। यो साझेदारीसँगै अब नेपालभरका एसईई विद्यार्थी र अभिभावकहरूले सजिलै र सहज रूपमा SMS मार्फत आफ्नो एसईई नतिजा हेर्न सक्नेछन्। विद्यार्थी र उनीहरूको नतिजाबीचको दूरी कम गर्ने उद्देश्यका साथ, स्प्यारो एसएमएस ले परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्द गरौछ। विगत १० वर्षदेखि देशभरका विद्यार्थीहरूले यस सेवाबाट लाभान्वित हुँदै आएका छन् |
जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) का मुख्य कार्यकारी अधिकारी, मनोज थापा भन्छन्, “केही सेकेन्ड भित्र आफ्नो मिहिनेतको नतिजा थाहा पाउनु जो कोहीका लागि पनि उत्साहजनक र रोमाञ्चक अनुभव हो। स्प्यारो एसएमएस लाखौं विद्यार्थीहरूसँग आफ्नो सेवा मार्फत् यी भावनाहरू साझा गर्न सक्षम भएकोमा गर्व गर्दछ। "
एसईई (SLC) को नतिजा २०७८/२०७९ एसएमएस मार्फत कसरी हेर्ने ?
एसईईको नतिजा SMS मार्फत हेर्नको लागि निम्न चरणहरू पालना गर्नुहोस्:
१. आफ्नो मोबाइलको SMS बाकसमा जानुहोस्
२. नयाँ SMS लेख्नुहोस्
३. आफ्नो Symbol नम्बर टाईप गरेर एउटा Space दिनुहोस्
४. 35001 मा SMS पठाउनुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस