Like us!
Follow us!
Connect us!
Watch us!

एसइईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त

अर्थ संसार

विहीबार, १३ असार २०८१, १४ : १७ मा प्रकाशित

एसइईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । 

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सबैभन्दा बढी ७८ हजार ८७४ जनाले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गरेका छन् ।

ननग्रेड ल्याउनेको संख्या २ लाख ४२ हजार ३१३ अर्थात  ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।

त्यसगरी १.६० देखि २ जीपीए ६ जनाले ल्याएका छन् । त्यस्तै ३.६० देखि ४ जीपीए ल्याउनेको संख्या ३१ हजार २०९ रहेको छ । 

667d2bae212cb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको