विभिन्न २ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट अनुमति पाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न बाेर्डबाट अनुमति पाएका हुन् ।
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ कराेड ३२ लाख रूपैयाँ बराबरकाे १ लाख ३२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न आज (श्रावण १० गते, मंगलबार) सेबाेनबाट अनुमति पाएकाे हाे । संस्थाकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेड
इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड ४० लाख रूपैयाँ बराबरकाे १२ लाख ४० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न मंसिर २४ गते सेबाेनमा निवेदन दिएकाे थियाे । बाेर्डले हिजाे साउन ९ गते, साेमबार अनुमति प्रदान गरेकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस