Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिद्वारा दुःख व्यक्त, क्षतिप्रति गम्भीर चिन्ता

शनिबार, २१ साउन २०७४, १९ : १३ मा प्रकाशित

राष्ट्रपतिद्वारा दुःख व्यक्त, क्षतिप्रति गम्भीर चिन्ता

अर्थ संसार, काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङको ढोरपाटन नगर र निसीखोला गाउँपालिकामा पहिरोमा पुरिएर शुक्रबार एकै घरका चार जनासहित छ जनाको तथा डोटीमा जिप दुर्घटनामा परी नौ जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

साथै, राष्ट्रपतिले देशका विभिन्न भागमा बाढीपहिरो तथा सडक दुर्घटनामा भएको जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्राकृतिक प्रकोपबाट हुने क्षति घटाउन सरकार सधैँ सजग रहनुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको छ । उहाँले बाढी पहिरोलगायत प्राकृतिक प्रकोपका घटना र सडक दुर्घटनाबाट हुने जनधनको क्षतिप्रति सचेत रहन सम्बद्ध सबै सरकारी निकायलाई अविलम्ब ध्यान दिन आग्रह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको