नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सेन्चुरी कमर्सियल बैंकको दोस्रो बजार कारोबार रोक्का हुने भएको छ । सेन्चुरी बैंकलाई प्रभु बैंकले प्राप्ति(एक्विजिसन) गर्ने भएपछि बैंकको सेयर कारोबार रोक्का हुन लागेको हो ।
सोमबार बैंकले नेप्सेलाई एक पत्र लेख्दै दोस्रो बजार कारोबार रोक्का राखिदिन आग्रह गरेको हो । आईतबार बसेको बैंकको सञ्चालक समितिको निर्णय बमोजिम आइतबार बेलुका दुई बैंकका बिचमा एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
श्रोतका अनुसार प्रारम्भिक रुपमा दुवै बैंकबीच १ः१ को अनुपातमा मर्जरको लागि सहमति जुटेको हो तर स्वाप रेसियोको अन्तिम निर्णय भने डिडिए पछि मात्र हुने छ । सम्झौता अनुसार प्रभु बैंकका अहिलेका सिइओ अशोक शेरचन नयाँ बन्ने बैंकको सिइओ बन्ने छन्। संचालक समितिमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुने छन।
स्रोतका अनुसार मर्जर पछि बन्ने बैंकको नाम प्रभु बैंक नै रहने छ भने पुसभित्र एकीकृत कारोबार सुरु गर्ने लक्ष्य छ । चुक्ता पुँजी २२ अर्ब २६ करोडभन्दा बढी हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस