Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंककाे सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

आइतबार, ०३ पुस २०७९, १५ : ५२ मा प्रकाशित

सेञ्चुरी बैंककाे सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

बैंककाे ४.७५ प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता एक सय ७६ रूपैयाँ ६१ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य एक सय ८५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे वार्षिक साधारण सभा पाैष १४ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ । सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बाेनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

639ee6eb19184.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको