Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र सेञ्चुरी बैंककाे एकिकृत काराेबार सुरू

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, ११ : १३ मा प्रकाशित

प्रभु बैंक र सेञ्चुरी बैंककाे एकिकृत काराेबार सुरू

प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गरी आज पाैष २६ गते, मंगलबारबाट एकिकृत काराेबार सुरू गरेकाे छ । 

 दुवै बैंकको यही पाैष १४ गते सम्पन्न भएकाे साधारण सभामा प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिएकाे थियाे ।

प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गरेपश्चात् बैंकको नाम प्रभु बैंक लिमिटेड र बैंकको रजिष्टर्ड कार्यालय बबरमहल, काठमाडौँ नै रहने भएकाे छ ।

प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई १:१ सेयर स्वाप रेसियोमा प्राप्ति गरेकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको